पश्चिमी वायुको प्रभावले देशभर मौसममा आंशिक बदली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • १६ पटक पढिएको
पश्चिमी वायुको प्रभावले देशभर मौसममा आंशिक बदली

माघ २,काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशभर मौसममा आंशिक बदली भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले मौसममा सामान्य बदली छ ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा आज बेलुका हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने प्रणाली ठूलो नभएकाले धेरै प्रभाव नदेखिने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार तराईका केही ठाउँमा अहिले हुस्सुरकुहिरो लागेको भएपनि दिउँसो हट्दै जानेछ । अन्य भागमा आजको मौसम मुख्यतया सफा रहने अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस