माघ २, काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । पशुपति विकास कोषका पदाधिकारी तथा कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी तामाङलाई पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो ।