आशिका तामाङलाई रिहाइको माग गर्दै उच्च अदालतमा रिट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ३, बिहिबार (३ महिना अघि)
  • ७१ पटक पढिएको
आशिका तामाङलाई रिहाइको माग गर्दै उच्च अदालतमा रिट

माघ ३, काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङलाई सरकारले गैरकानूनीरुपमा थुनामा राखेको भन्दै उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता मनिषा गौतमले दायर गरेको रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ । रिटको दर्ता नम्बर ००१५ रहेको छ । सामाजिक अभियन्ता तामाङलाई अभिव्यक्ति स्वतन्त्रता विपरीत सरकारले बुधबार गौशाला प्रहरी कार्यालयले गिरफ्तार गरेर हिरासतमा राखेको रिट निवेदनमा उल्लेख छ ।

उनलाई थुनुवा पूर्जीसमेत नदिई समातिएको आफन्तलाई समेत भेट्न नदिइएको भन्दै अदालतमा उपस्थित गराउन आदेशको मागसहित गौतमले रिट दर्ता गरेकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस