माघ ३, काठमाडौँ । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले खड्काको संसदीय सुनुवाइ थाल्दै उजुरी आह्वान गरेको छ ।
खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।