बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ३, बिहिबार (३ महिना अघि)
  • ६४ पटक पढिएको
बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु

माघ ३, बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।
बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएर खस्दा घटनास्थमै मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले जानकारी दिए ।

मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस