माघ ३, काठमाडौँ । नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा आक्रमण गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको छ ।
बार एशोसियसनले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर बुधबार सहकारी पीडितको पक्षमा वकालत गरेर बाहिरिने क्रममा त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको हो ।