सिन्धुलीमा माइक्रो बस दुर्घटना : एकको मृत्य, ११ जना घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ ४, शुक्रबार (३ महिना अघि)
  • ७० पटक पढिएको
सिन्धुलीमा माइक्रो बस दुर्घटना : एकको मृत्य, ११ जना घाइते

माघ ४, सिन्धुली । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा नम्बर–७ कानढुंग्रीमा बिहीबार साँझ बा ३ ख ८४४५ नम्बरको माइक्रो सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका– १० घर भएका ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको जिप्रका सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस