सर्वोच्च अदालतद्धारा राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ४८ पटक पढिएको
सर्वोच्च अदालतद्धारा राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज

माघ ६, काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज भएको फैसला सुनाएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशद्वय अब्दुल अजित मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले रिट खारेज गर्ने निर्णय सुनाएको हो । केही विषयमा भने सर्वोच्चले निर्देशनात्मक र कानुन बमोजिम गर्नु भन्ने आदेश जारी गरेको छ ।

अधिवक्ता रामबहादुर राउतसहितले राष्ट्रिय परिचयपत्र सबै क्षेत्रमा लागू हुन नसक्ने भन्दै सर्वोच्चमा रिट दिएका थिए । सो रिटमाथि सुनुवाइ गर्दै प्रधान न्यायाधीशसहित सम्मिलित इजलासले यस्तो फैसला सुनाएको हो । योसँगै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न सरकारलाई बाटो खुलेको छ । २०८१ जेठ २४ गते बसेको मन्त्रिपरिषद बैठकले चरणर चरण गरेर देशैभर सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस