मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ ७, सोमबार (३ महिना अघि)
  • ४३ पटक पढिएको
मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

माघ ७, काठमाण्डौँ । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।

पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च ९फरवार्ड० ले न्यानो कपडा वितरण गरेको हो ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुुढाथोकीले न्यानो कपडा वितरण गरे । कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं। ३ की सांसद भगबती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताए । सामाजिक उत्तरदायित्व अन्तरगत हरेक व्यवसायिक क्षेत्रले सामाजिक कामहरु गर्दा आर्थिक, सामाजिक रुपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने सांसद चौधरीको भनाई छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस