काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ९, बुधबार (३ महिना अघि)
  • ५२ पटक पढिएको
काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो

माघ ९,काठमाडौँ । काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु र काठमाण्डौमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा तथा तराईका केही ठाउँमा दिउँसो हुस्सु हट्ने तर तराईका मध्य क्षेत्रमा लागेको हुस्सु दिउँसोसम्म रहने मौसमविद् गोविन्द झाले बताए।

उनका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकोले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भई उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । बाँकी भागमा आज मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

भोलि बिहीवार भने पश्चिमी क्षेत्रबाट मौसम बदली भई धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् झाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस