बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरियो

बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरियो

माघ ९,बागलुङ । बालबालिकामा गरेको लगानी,ल्याउछ सुनौलो बिहानी भन्ने नाराका साथ बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बागलुङको खुल्ला मञ्चमा मंगलबार आज आयोजित एक बिशेष समारोहका बीच उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र नगरपालिका प्रमुख बसन्तकुमार  श्रेष्ठले बागलुङलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरेका थिए ।

घोषणा सभामा बोल्दै मन्त्री सिंहले बालबालिकाको लागि नगरपालिकाले गरेको कामको लागि बधाई इवंम धन्यवाद व्यक्त गरेका थिए । उनले बालबालिकालाई राम्रो बाटोमा लैजाने पद्धतीलाई अंगालेर असल नागरिक बनाउने अवसरको रुपमा बालमैत्री नगर घोषणालाई लिएको बताए । मन्त्री सिंहले बालबालिकालाई अधिकारसंगै कर्तव्य र दायित्व बोध गराउनु आजको आवश्यकता रहेको औँल्याए ।

घोषणा सभालाई सम्बेधन गर्दै राष्गिट्रय सभाका सदस्य किरणबाबु श्रेष्ठले बागलुङलाई बालमैत्री स्थानीइ तहको रुपमा अघि बढाएकोमा खुसी ब्यक्त गरे । उनले बालमैत्री पालिका घोषण केवल घोषणाको लागि मात्रै सिमित नभई दिर्घकालिन रुपमा अघि बढाउन सक्रिय हुनपर्ने विचार व्यक्त गरे । उनले भने यो घोषणा केवल घोषणामा सिमित नहोस्, दिगो रुपमा बालबालिकाको हित अनुकुल बनजाउन सबै प्रतिबद्ध हौँ । श्रेष्ठले बालबालिकाको हकहित,संरक्षण,सुरक्षा,शिक्षा र स्वास्थ्यमा राज्यले गम्भिरतापुर्वक सोच्नुपर्ने विषय संविधानमै लेखिएकोले त्यसको लागि स्थानीय सरकार गम्भिर भएर लाग्नपर्ने बताए । बालबालिकाको लागि राज्यले लगानी गर्न सकेमात्रै भोलीको नेपाल थप सवल,सक्षम र बलियो हुने उनको भनाई थियो ।

बालबालिका समाजका मुटु हुन् : नगरप्रमुख श्रेष्ठ

बालमैत्री स्थानीय शासनयुक्त बाग्लुङ नगरपालिका घोषणा सभामा नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले बालबालिका समाजको लागि मुटु भएको बताएका छन् । मुटु स्वस्थ,बलियो र सफा भएमात्रै शरिरले काम गरेजस्तै बालबालिकालाई उचित शिक्षा,स्वास्थ्य र सुविधा दिनसके भविष्यको नेपाल पनि सुन्दर हुने बताए । पालिकालाई बालमैत्री घोषणा गर्नको लागि गरेको पहलकदमीको विषयमा प्रष्ठ पार्दै आफुले पद बहाली गरेकै दिन लिएको लक्ष्य पुरा भएकोमा उनले खुसी व्यक्त गरे ।

श्रेष्ठले बालबालिकाको सर्वोपरी हित,सर्वाङ्गिण विकासको लागि नगरपालिकाले सदैव समयसापेक्ष निति अबलम्बन गर्ने बताए । उनले भने बालबालिकाको लागि यथोचित लगानी गर्नपर्छ,समग्र आर्थिक परिसुचक समेत बढाउन बालबालिकामा विेशष लगानी आवश्यक छ । नगरप्रमुख श्रेष्ठले सम्बृद्ध बागलुङको लागि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा कोशेढुंगा सावित हुने उनको भनाई थियो ।

बालअधिकारको पुर्ण प्रत्याभुति गराउन सफल : प्रमुख प्रशासकिय अधिकृत कडेल

घोषणा सभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेँलले बालअधिकारको पुर्ण प्रत्याभुति गराउन बालमैत्री स्थानीइ शासनयुक्त पालिका घोषणाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । कडेँलले बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिकाको अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै ५१ वटा सबै सुचकको लक्ष्य भेट्टाएको बताए ।

उनले बालमैत्री स्थानीइ शासन अवलम्बन पछि सम्पुर्ण जनसमुदाय,बिद्यालय,सबै संघसंस्था कार्यालय आ आफ्नो ठाँउमा सजग भई कार्यसम्पादन गरिरहेको उल्लेख गरे । उनले बालमैत्री स्थानीय शासनका कागजात व्यवस्थापनको लागि फाइल सुची तयारी कार्यशाला सम्पन्न गरिएको बताए । कडेँलले बालविवाह तथा निकृष्ट बालश्रम मुक्त घोषणा तथा दिगोपनाको लागि नगर,वडा तथा टोल स्तरीय नाटक,र्याली तथा डकुमेन्ट्री जस्ता कार्यक्रम समय समयमा गरिएको जानकारी दिए ।

कार्यक्रममा बागलुङ जिल्लाका जनप्रतिनिधि,नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवाला सबैले बालमैत्री स्थानीय शासनयुक्त बाग्लुङ नगरपालिका घोषणा गरिएकोमा शुभकामना तथा बधाई व्यक्त गरेका थिए ।

घोषणा सभामा नगरपालिकाका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालयबाट बिद्यार्थी,अभिभावक,शिक्षकशिक्षिका,राजनैतिक दलका नेता र नगरवासीको बाक्लो उपस्थिती रहेको थियो । झाँकी,बाजागाजासहित आएको समुहले मनोरञ्जन दिएका थिए भने विभिन्न बिद्यालयका बिद्यार्थीहरुको सिर्जनासहितको प्रदर्शनीस्थलमा अवलोकनकर्ताको भिड लागेको थियो । बाग्लुङ बालमैत्री घोषणा गर्ने नेपालको २५ औँ पालिका भएको छ भने गण्डकीको चौथो पालिकाको रुपमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस