नागढुङ्गाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १०, बिहिबार (२ महिना अघि)
  • ५८ पटक पढिएको
नागढुङ्गाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

माघ १०, काठमाण्डौँ । प्रहरीले नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार चन्द्रागिरि नगरपालिका– २, नागढुङ्गास्थित चेक प्वाइन्टमा काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र।१–०१–००६ ख ४७९६ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

सो बसमा आएका गोविन्द बालाले सो हेरोइन रमन महर्जन र विनोद तामाङले ल्याउन लगाएको प्रहरीलाई बयान दिएका थिए । त्यसपछि प्रहरीले भारतीय नागरिक गोबिन्द बाला, धादिङ घर भई काठमाडौं बस्दै आएका रमन महर्जन र धादिङका विनोद तामाङलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १५० ग्राम खैरो हेरोइन पनि बरामद गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस