धनुषाधाममा लौरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १३, आईतबार (२ महिना अघि)
  • ४६ पटक पढिएको
धनुषाधाममा लौरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

माघ १३, धनुषा । धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ ।
धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसँग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरुको भनाइ छ । देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस