काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १४, सोमबार (२ महिना अघि)
  • ६८ पटक पढिएको
काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ

माघ १४, काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ३९ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् ।

उनलाई लाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले पक्राउ गरेको हो। कार्यालयको इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस