६ महिनामा निर्यात ३१.८ प्रतिशत बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १४, सोमबार (२ महिना अघि)
  • ४२ पटक पढिएको
६ महिनामा निर्यात ३१.८ प्रतिशत बढ्यो

माघ १४, काठमाण्डौँ ।  चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा निर्यात व्यापार बढेको छ। सरकारले यो अवधिको आर्थिक सूचक सार्वजनिक गर्दै निर्यात ३१.८ प्रतिशतले बढेको जनाएको हो।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि पुससम्म उक्त परिमाणमा निर्यात बढेको छ। गत आव सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको थियो।

चालु आर्थिक वर्षको उक्त अवधिमा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएको मन्त्रालयले जनाएको छ। गत आवको सोही अवधिमा ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो।

यस्तै, ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको तथ्यांक छ। यो ७.१ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा भने ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो।

नेपालबाट चिया, अलैंचीलगायत कृषिजन्य वस्तुका साथै विभिन्न औद्योगिक उत्पादन भारत र समुद्रपार मुलुकमा निर्यात हुने गरेको छ। विभिन्न देशबाट इन्धन, विभिन्न प्रकारका अन्न, विद्युतीय सामग्री लगायत आयात हुने गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस