थाक्रे गाउँपालिकाको १६औं गाउँ सभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १४, सोमबार (२ महिना अघि)
  • ९१ पटक पढिएको
थाक्रे गाउँपालिकाको १६औं गाउँ सभा सम्पन्न

माघ १४, धादिङ । थाक्रे गाउँपालिकाको गाउँसभा तथा १६औं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा चालू आर्थिक बर्ष ०८१/८२ को हाल सम्मको प्रगति विवरण तथा विभिन्न विधेयक पारित गर्दै अधिवेशन सम्पन्न गरिएको हो ।

गाउँ सभामा चालू आर्थिक बर्षको पुस मसान्त सम्मको बजेट तथा कार्यक्रमको समिक्षा प्रगति विवरण गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले प्रस्तुत गरेका थिए । उनले विषयगत क्षेत्रमा भएका प्रगती विवरण सभा समक्ष प्रस्तुत गरेका थिए ।

अध्यक्ष आचार्यले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषी तथा पशु विकास, सामी परियोजना, महिला तथा बालबालिका र राजश्व तर्फको प्रगती विवरण प्रस्तुत गरेका थिए । उनले पुस मसान्त सम्मको बजेट कार्यान्वयनको अवस्था, बेरुजु नियन्त्रण, योजनाहरुको विवरण सहित वडागत विनियोजित बजेटको प्रगती समिक्षा समेत सभामा प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस