माघ १५, वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित साउथ जोन माद्यामिक विद्यालयको १६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेका छन् ।
सम्झना चौधरी, सरिता झा, दिपा शर्मा, स्मिता सिलवाल, राजन दास, धीरज घिमिरे, सुनिल कपुर दास, कुनाल जयसवाल, विशाल पटेल लगायतले रक्तदान गरेका हुन् । विद्यालयका प्रधानाध्याक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कँडेल र मन्त्री विनोद गिरी, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याक केसी, ठाकुुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा प्राध्यापक डा। उमेश चौरसिया, पत्रकार जगत राई, प्रणय साह लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रेडक्रस सभापति कँडेलले पहिलो रक्तदान गर्ने रक्तदातालाई रगल संकलन पर्ने पोका हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । १६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम आयोजना भएको र मंगलबार नै विद्यालयले अभिभावकहरुका लागि निशुल्क स्वास्थ्य जाँच शिविर पनि आयोजना गरेको विद्यालयका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए ।
उनकाअनुसार शिविरबाट ५० जना भन्दा बढी अभिभावक लाभान्वित भएका छन् । शिविरमा चिकित्सक डा। वेदप्रकाश कुशवाहा र डा। सुशिल कुमार साहको सिफारिस अनुसार आवश्यक टेष्टहरु र औषधीसमेत विद्यालयले अभिभावकका लागि निशुल्क व्यवस्थापन गरेको थियो ।
यस्तै, वार्षिकोत्सव मनाउन आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत माघ १६ गते नर्सरीदेखि कक्षा २ सम्मको खेलकुद कार्यक्रम, माघ १७ गते सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण, माघ १८ गते नर्सरीदेखि कक्षा २ सम्मको सांस्कृतिक र पुरस्कार वितरण कार्यक्रम र माघ २० गते १६ औं वार्षिकोत्सव कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको संग्रौलाले जानकारी दिए ।
वीरगंज महानगरपालिका वडा नं। १३ मा २०६६ सालमा स्थापित विद्यालयमा हाल करिब १८ सय विद्यार्थी अध्ययनरत छन् ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।