माघ १६, काठमाण्डौँ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध आज ९मंगलबार० जिल्ला अदालत भक्तपुरले माघ १८ गतेसम्मका लागि म्याद थप गरेको हो ।
उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भनी सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो । यसअघि पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा माघ २ गतेदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी तामाङ माघ १४ गते १० हजार धरौटी बुझाएर रिहा भएकी थिइन् । तर भक्तपुरमा पनि उनीविरुद्ध जाहेरी परेकाले त्यही दिन उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो । त्यस दिनदेखि महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङलाई अदालतले थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । उनलाई भक्तपुरबाट रिहा भएपछि फेरि धादिङमा मुद्दा लगाउने र हिरासत राख्ने भन्ने बुझ्न आएको छ ।