माघ १७, वीरगंज । वडा प्रहरी कार्यालय विर्ताले वीरगंजबाट श्रोत नखुलेको ६ लाख नगद सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतीहारी थाना रक्सौल ग्राम रक्सौन वडा नं १४ निवासी २७ बर्षिय ओम कुमार रौनियार रहेका छन् ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार दिउसो ४,३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं।१० आदर्शनगरबाट रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिए ।
बिआर ०५ क्यु ४३८४ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा सवार रौनियारलाई शंका लागी चेकजाँच गर्दा उक्त मोटरसाइकलको वाँयापट्टीको लेगार्डमा गोल्ड प्रेमियर जिरा राइस लेखिएको प्लाष्टिकको बोरामा लुकाइ छिपाई राखिएको नेपाली रू।५ सय दरका नोट १२ सय थान गरी जम्मा रु।६ लाख फेला परेको प्रवक्ता लम्सालले वताए ।
उक्त मोटरसाइकल सहित रौनियारलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याइ निज विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को क
बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।