अछाम दुई किशोरीको हत्या प्रकरण : यौनसम्पर्क प्रस्ताव नमान्दा ढुङ्गाले हानेर हत्या !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १९, शनिबार (२ महिना अघि)
  • ५० पटक पढिएको
अछाम दुई किशोरीको हत्या प्रकरण : यौनसम्पर्क प्रस्ताव नमान्दा ढुङ्गाले हानेर हत्या !

माघ १९, काठमाण्डौँ । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको मृत्यु प्रकरणमा शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुल्न आएको छ ।

मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ । प्रहरीले दुई किशोरीको हत्या प्रकरणमा १५ र १७ वर्षका दुई जना बालक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरु प्रेमि, प्रेमिका हुन् । यही विषयमा विवाद भई दुई किशोरीको हत्या भएको प्रहरीको निष्कर्ष छ । बाख्रा चराउनका गएका दुई किशोरीको अघिल्लो शुक्रबार हत्या भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस