नवीकरणीय उर्जा सम्बन्धी कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १९, शनिबार (२ महिना अघि)
  • ४८ पटक पढिएको
नवीकरणीय उर्जा सम्बन्धी कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर

माघ १९, काठमाण्डौँ । नेपालमा दिगो ऊर्जा मार्फत पुनःप्राप्ति एवं सशक्तिकरण कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र जर्मन प्राविधिक सहयोग संस्था जीआईजेड नेपालद्वारा सञ्चालित नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम अन्तर्गत सम्झौता भएको हो ।

ललितपुरमा आयोजित हस्ताक्षर समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपालका लागि युरोपियन युनियनका प्रतिनिधिमण्डलका प्रमुख जोसे लुइस विनुएसा सान्तामारिया र काठमाडौंस्थित जर्मन दूतावासका उपप्रमुख बेन्जामिन साइडल लगायत उच्च अधिकारीको उपस्थिति थियो । एक वर्षअघि नेपाल र जर्मन सरकारबीच भएको प्राविधिक सहयोग सम्झौतालाई यसले औपचारिकता प्रदान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस