श्रोत नखुलेको सात लाख नगदसहित पर्साका कुमार साह पक्राउ

श्रोत नखुलेको सात लाख नगदसहित पर्साका कुमार साह पक्राउ

माघ २४, वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–३, झौवाका ४३ वर्षीय अजय कुमार साहलाई श्रोत नखुलेको सात लाख नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं १० आदर्शनगरस्थित ग्लोबल आईएमई बैंक नजिकबाट साहलाई पक्राउ गरेको हो । जाँचका क्रममा उनले लगाएको सेतो ट्याक्सुटको दुवै साइडको खल्तीमा लुकाइ राखिएको नेपाली रुपैयाँ १००० दरका ७०० थान नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

प्रहरीका अनुसार, साहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ क अनुसार हुण्डी कारोबारको आरोपमा अनुसन्धान भइरहेको छ । साथै, उनलाई यसअघि २०८१ वैशाख ७ गते बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूरमा मुद्दा चलाइएको हुँदा पटके हुण्डी कारोबारी रहेको समेत खुलेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस