माघ २५, काठमाण्डौँ । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्ट छन् ।
विष्टको घरमा डेरमा बस्दै आएका रिव्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो । बुढाथोकी केही समयअघिदेखि विष्टको घरमा डेरा लिएर बस्दै आएका थिए । बुढाथोकीले मजदुरीको काम गर्दै आएका थिए । प्रहरीकाअनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका हुन् । १४ सय नदिँदा हत्या गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।