करोडौँको लगानीमा निर्माण भएका शीतभण्डार चैत मसान्तसम्म सञ्चालन गर्न निर्देशन

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ २५, शुक्रबार (२ महिना अघि)
  • ५० पटक पढिएको
करोडौँको लगानीमा निर्माण भएका शीतभण्डार चैत मसान्तसम्म सञ्चालन गर्न निर्देशन

माघ २५, हेटौँडा । बागमती प्रदेश सरकारको करोडौँको लगानीमा निर्माण भएका शीतभण्डार अलपत्र बनेपछि बागमती प्रदेश सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले समय सीमा तोकेर सञ्चालन गर्न निर्देशन दिएको छ ।

समितिको बागमती प्रदेश सभा सचिवालयमा शुक्रबार बसेको बैठकले निर्माण सम्पन्न भएका शीतभण्डारको चैत मसान्तसम्म सञ्चालन गर्न प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति श्रीराम लामिछानेले प्रदेश सरकारको लगानीका निर्माण सम्पन्न शीतभण्डार प्रयोगबिहीन बनेकोले ती शीतभण्डारको चैत मसान्तसम्म सञ्चालन गरी सोको जानकारी दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन गर्ने निर्णय गरिएको जानकारी दिए । साथै समितिले बागमती प्रदेशको विभिन्न जिल्लामा रहेका शीतभण्डारको विस्तृत विवरण दिन मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस