नेपालमै पहिलोपटक ग्रहकै मात्र पूजा गरिने मन्दिर निर्माण कार्य अन्तिम चरणमा

नेपालमै पहिलोपटक ग्रहकै मात्र पूजा गरिने मन्दिर निर्माण कार्य अन्तिम चरणमा

माघ २७, काठमाण्डौँ । स्याङ्जामा नवग्रह मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अर्जुनचौपारी गाउँपालिका–१ मा नेपालमै पहिलोपटक नवग्रह मन्दिर निर्माण अन्तिम चरणमा पुगेको पालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

नेपालमा ग्रहकै मात्र पूजा गरिने मन्दिर हालसम्म छैन । विभिन्न शक्तिपीठमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएको छ । छिमेकी राष्ट्र भारतमा छुट्टै नवग्रह मन्दिर छ । नवग्रह (नौ आकाशीय पिण्ड)को मन्दिर भारतको असमस्थित चित्रसालको पहाडमा मात्र छ । स्याङ्जामा बनाइँदै गरेको नवग्रह मन्दिर असमको भन्दा फरक हुने तिवारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस