रक्षामन्त्री मानवीर राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ २७, आईतबार (२ महिना अघि)
  • ४१ पटक पढिएको
रक्षामन्त्री मानवीर राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो !

माघ २७, काठमाडौँ । रक्षामन्त्री मानवीर राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।
मन्त्री राई चढेको गाडीले आइतबार बिहान ११ बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेकाअनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ । घटना सामान्य हो। मन्त्रीज्यू सवार गाडीले मोटरसाइकलको लुकिङ ग्लासलाई ठक्कर दिएको रहेछ । ग्लास बनाइसकेर दुवै पक्ष आआफ्नो गन्तव्यमा गइसकेका हुन्’, उनले भने । उनले त्यस घटनाबाट कुनै मानवीय क्षति वा घाइते नभएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस