सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ २७, आईतबार (२ महिना अघि)
  • ५५ पटक पढिएको
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

माघ २७, काठमाडौँ । सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै अनलाइन टीभी पत्रकार संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
सरकारले राष्ट्रियसभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक संशोधन नगरी पारित गर्न नहुने भन्दै संघ अहिले आन्दोलित छ ।

विरोधको क्रममा उनीहरूले आलोचनाको अधिकार खोस्न पाइँदैन, जनताको मुख थुन्न पाइँदैन लेखिएको प्लेकार्ड बोकेका थिए ।
उक्त विरोध सभामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पनि पुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस