देवघाटको जीर्ण झोलुङ्गे पुलमाथी सयौँ मान्छे, जोखिमपूर्ण अबस्थामा छैन कसैको चासो !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ २७, आईतबार (२ महिना अघि)
  • ५२ पटक पढिएको
देवघाटको जीर्ण झोलुङ्गे पुलमाथी सयौँ मान्छे, जोखिमपूर्ण अबस्थामा छैन कसैको चासो !

माघ २७, काठमाण्डौँ । तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ ।

विसं २०३७ मा सो पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण बनेको स्थानीय शिवराज पौडेलले बताए । एकै पटकमा सयौँले पुल तर्दा पिङझैँ हल्लने गरेको उनले बताए। उनले भने, “अब यो पुलको विकल्प खोज्नुपर्ने बेला आएको छ ।”

देवघाट जान हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा पक्की पुल सञ्चालनमा छ । तर देवघाट जाने अधिकांश भक्तजनले चितवनको आपँटारी हुँदै यही पुल प्रयोग गर्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस