बाँकेमा बेहुली भित्र्याएपछि घरमै भयो ग्याङ फाइट, बेहुलाका भिनाजुले खुकुरी छप्काउँदा एकको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २७, आईतबार (२ महिना अघि)
  • ७२ पटक पढिएको
बाँकेमा बेहुली भित्र्याएपछि घरमै भयो ग्याङ फाइट, बेहुलाका भिनाजुले खुकुरी छप्काउँदा एकको मृत्यु !

माघ २७, काठमाण्डौँ । बाँकेको बैजनाथ गाउँपालिका ८ स्थित पुष्पनगरमा स्थानीय युवा सुवास बुढाको बिहेमा झडप भएको छ ।
रमाइलो गरिरहेको बेला एक्कासी दुलाहका भिनाजु रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको समूहबीच विवाद बढ्यो । सामान्य हातहालको स्थितिमा रानाको खुकुरी प्रहारबाट दिनेशको शरिरमा गम्भीर चोट लाग्यो ।

२५ वर्षीय दिनेश रोकायको भारतको लखनउमा उपचारको क्रममा आइतबार बिहान मृत्यु समेत भयो । अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेपनि मुख्य आरोपी दुलाहाको भिनाजु सोही गाउँपालिका २ बस्ने ३५ वर्षीय रामबहादुर रानाको नाम सार्वजनिक गरेको छ भने अरुलाई सोधपुछका लागि मात्रै बोलाइएको जनाएको छ ।

दुई समूहको लडाइँपछि भागदौड मच्चिएको थियो । दिउँसोदेखि नै मदिरा खाइरहेका दुई समूहबीच विवाद बढेपछि मारकाटको रूप लिएको स्थानीय बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस