असई थमन विक हत्या प्रकरण : आरोपी देवेन्द्र चौधरी कारागार चलान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २७, आईतबार (२ महिना अघि)
  • ५२ पटक पढिएको
असई थमन विक हत्या प्रकरण : आरोपी देवेन्द्र चौधरी कारागार चलान

माघ २७, काठमाण्डौँ ।  मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका देवेन्द्र चौधरी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत महोत्तरीका न्यायाधीश फणेश्वरी घिमिरेको इजलासले चौधरीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

चौधरीलाई जलेश्वर कारागारमा पठाइएको अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए । चौधरीलाई गत सोमबार जलेश्वर नगरपालिका–१ स्थित रामानन्द विशेश्वोर महेन्द्र क्याम्पस अगाडिबाट पक्राउ गरिएको थियो । पक्राउ परेको दिन सार्वजनिक बिदा परेकाले चौधरीलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवारका अनुसार, चार दिनसम्म निरन्तर चलेको सुनुवाइपछि अदालतले चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस