माघ २७, काठमाण्डौँ । द कोका–कोला फाउण्डेशनको साथमा सहारा नेपाल र वराहा क्लाइमेटएजीले नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु प्रतिरोधात्मक क्षमता प्रवद्र्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सुरु गरेको छ ।
“स्ट्रेन्दनिङ रिजेनेरेटिभ हर्टिकल्चर एण्ड एग्रोफरेस्टी इन नेपाल” नामक मुख्य परियोजना अन्तर्गत यो पहल सुरु गरिएको कम्पनीले जनाएको छ ।
जसले मुख्यतः कृषिसम्बन्धी चुनौतीहरूको समाधान र जमिनको उत्पादनमा वृद्धि गर्दै स्थानीय कृषक समुदायलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ ।
वृक्षारोपण कार्यक्रमको औपचारिक उद्घाटन समारोह काठमाडौंमा आयोजना गरिएको थियो । यस कार्यक्रममा सम्माननीय प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही सहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, वातावरणविद् र साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपालको कृषि क्षेत्रले जलवायु परिवर्तन र घट्दो उत्पादकत्वका कारण धेरै चुनौतीहरू सामना गरिरहेको छ । जलवायु परिवर्तनले अनियमित वर्षा, पानीको अभाव र चरम मौसमी प्रतिकुलता जस्ता समस्याले स्थितिलाई झनै गम्भिर बनाएको छ ।
चुनौतीहरूको समाधान गर्न यस परियोजनाले बगैंचा प्रणाली र कृषि वन प्रणालीलाई प्रवद्र्धन गर्दै उत्पादन वृद्धि र कृषकको आम्दानी बढाउने लक्ष्य लिएको छ ।
यो कार्यक्रममा बगैंचासम्बन्धी प्रविधिक तालिमहरू प्रदान गरिनेछ जसले कृषकहरूलाई माटोको स्वास्थ्य सुधार, पानीको प्रभावकारी व्यवस्थापन र बालीको विविधिकरण गर्न सहयोग पु¥याउनेछ ।
द कोका–कोला फाउण्डेशनका प्रेसिडेन्ट कार्लोस पागोआगाले यस परियोजनाबारे बोल्दै भने, “द कोकाकोला फाउण्डेशनले सदैव दीर्घकालीन वातावरणीय र आर्थिक उन्नतिका परियोजनामा लगानी गर्दै आएको छ । नेपालको कृषि क्षेत्रलाई रूपान्तरण गर्न, कृषकहरूलाई जलवायु चुनौतीहरू सामना गर्न र आम्दानीका नयाँ अवसरहरू सिर्जना गर्न यो परियोजना एउटा महत्वपूर्ण कदम हुनेछ ।”
यो वृक्षारोपण कार्यक्रमको पहिलो चरण अन्तर्गत कञ्चनपुर, कैलाली, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, सर्लाही, महोत्तरी र पर्सामा सञ्चालन हुनेछ ।