मौसम पूर्वानुमान : देशभरि मौसमको मिश्रित प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ २८, सोमबार (२ महिना अघि)
  • ४८ पटक पढिएको
मौसम पूर्वानुमान : देशभरि मौसमको मिश्रित प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना

माघ २८, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव सक्रिय रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । तराईका केही स्थानहरूमा बिहानको समय हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ, जसले सडक तथा हवाई यातायातमा केही असर पार्न सक्छ ।

कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागमा एकदुई स्थानमा हल्का हिमपात हुने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानपख तराई क्षेत्रमा लागेको हुस्सु तथा कुहिरो क्रमशः हट्दै जानेछ ।

काठमाडौं उपत्यकामा अहिले मौसम सफा छ भने बिहान र बेलुकी चिसो महसुस हुने गरेको छ । उपत्यकाको न्यूनतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहँदा अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस