अनलाइनबाटै जुवा खेलाउने धन्दा, नेपाली र भारतीय नागरिकगरि २३ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २८, सोमबार (२ महिना अघि)
  • ४८ पटक पढिएको
अनलाइनबाटै जुवा खेलाउने धन्दा, नेपाली र भारतीय नागरिकगरि २३ जना पक्राउ

माघ २८, काठमाडौँ । प्रहरीले अनलाइनमार्फत जुवा खेलाएको अभियोगमा काठमाडौँबाट २२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंको बूढानीलकण्ठस्थित एक घरमा छापा मारेर ति २३ जनालाई पक्राउ गरिएको हो । अनलाइन जुवा खेलाएको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरू अधिकांश भारतीय नागरिक छन् । कागजात हेरेर पक्राउ पर्नेहरूको विवरण यकिन गर्ने काम भइरहेको एसएसपी अधिकारीले जानकारी दिए । छापा मारिएको घरबाट प्रहरीले ८८ वटा मोबाइल र १० थान ल्यापटप बरामद गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस