धुनिवेशी नगरस्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ माघ २८, सोमबार (२ महिना अघि)
  • ७० पटक पढिएको
धुनिवेशी नगरस्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

माघ २८,काठमाडौँ । धुनिवेशी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आज आइतबारबाट सुरु भएको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ को भुवनेश्वरी माध्यमिक विद्यालयको खेलमैदान र धुनिवेशी रंगाशालामा प्रतियोगिता सुरु भएको छ ।

नगरस्तरीय प्रतियोगीतामा आधारभुत तहका कक्षा ६ देखि ८ र माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न कार्यक्रममा भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले आफ्नो विद्यालयको नाम सहितको ब्यानर र नेपालको राष्ट्रिय भण्डा लिएर मार्चपासमा सहभागिता जनाएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्नु हुँदै नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख सुरज उप्रेतीले प्रतियोगिताको सफलताको शुभकामना दिएका छन् ।

त्यसै गरी उद्घाटन कार्यक्रममा बोल्नु हुँदै बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले प्रतियोगिताको सफलताको शुभकामना दिए ।

कार्यक्रममा बागमती प्रदेशका सहकारी तथा गरिवि निवारण मन्त्री मदुकुमार श्रेष्ठ,धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती,वडा अध्यक्षहरु, पृर्व उपप्रमुख निरु खरेल, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका पधानाध्यपकहरु र विद्यार्थीहरुको सहभागीता रहेको थियो। रनिङ शिल्ड प्रतियोगिता २९ गते सम्म सञ्चालन हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस