माघ २९, काठमाडौँ । चितुवाको छालासहित कैलालीबाट एक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका ३, मेल्टाका २६ वर्षीय नरेश साउद छन् ।
उनलाई कैलालीको धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित मिलनसार होटेलको कोठाबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ ।