बारा प्रहरीद्धारा ५५ किलो लागूऔषध गाँजासहित एउटा मोटरसाईकल नियन्त्रणमा

बारा प्रहरीद्धारा ५५ किलो लागूऔषध गाँजासहित एउटा मोटरसाईकल नियन्त्रणमा

माघ २९, काठमाण्डौँ । बारा प्रहरीले ५५ किलो लागूऔषध गाँजासहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट प्रहरीले लागूऔषध गाँजासहित मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले हेटौडाबाट वीरगन्ज तर्फ जादै गरेको बाप्र ०२–०४४ प ६७५५ नम्बरको मोटरसाईकलमा २७ किलो ९० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । मोटरसाईकलमा सवार दुई जना भने फरार रहेका छन् ।

यसैगरी हेटौडाबाट वीरगन्ज तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाईकलबाट प्रहरीले २८ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि उनिहरु झोला फाली फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध गाँजा बरामद गरि आवश्यक कानूनी प्रक्रिया अगाडी बढाएको छ ।

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस