माघ ३०, वीरगंज । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत सञ्चालन भइरहेको निःशुल्क आँखा शिविर अन्तर्गत बिन्दवासिनी गाउँपालिका वडा नं ३ झौवा र वीरगंज महानगरपालिका वडा नं २१ परवानीपुरमा १६औं र १७औं शिविर सम्पन्न भएको छ ।
झौवामा आयोजित शिविरमा ३ सय ५४ जनाले सेवा लिएका छन्, जसमा १२० जनामा मोतियाबिन्दु देखिएको छ । त्यस्तै, परवानीपुरमा ६१ जनाले आँखा जाँच गराउँदा १९ जनामा मोतियाबिन्दु पुष्टि भएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिए ।
मोतियाबिन्दु भएका बिरामीहरूको शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा निःशुल्क गरिने उनले बताए । बिन्दवासिनीको शिविर पालिका अध्यक्ष ललन (बिनोद) चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने परवानीपुरको कार्यक्रम वडा नं २२ का इकाई अध्यक्ष विष्णु कुशवाहाको अध्यक्षतामा सम्पन्न भयो ।
शिविरमा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेताहरू सुजित चौरसिया, रामबाबु चौरसिया, महेश चौरसिया, युवा नेता उदय यादव, संजय सिंह, लोकेश कर्णे लगायतको सक्रिय सहभागिता रहेको थियो । अध्यक्ष सरार्फका अनुसार अहिलेसम्म जनमत पार्टी पर्साको निःशुल्क आँखा शिविरबाट २,२६० भन्दा बढी नागरिक लाभान्वित भएका छन् भने ५५६ भन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । उनले यो अभियान पर्साका गाउँदेखि सहरसम्म निरन्तर जारी रहने बताए ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।