मेलम्चीको पाइपलाइन फुट्दा बबरमहल क्षेत्र जलमग्न

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ ३०, बुधबार (२ महिना अघि)
  • ७१ पटक पढिएको
मेलम्चीको पाइपलाइन फुट्दा बबरमहल क्षेत्र जलमग्न

माघ ३०, काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको छ। पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालय र घरमा समेत पानी पसेको छ । बुधबार दिउँसो साढे दुई बजेतिर मेलम्ची खानेपानीको पाइप फुटेपछि अहिले यो क्षेत्रमा खोलै बगेको छ ।

काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बपानी पसेको छ । उनका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस