आज प्रणय दिवस, विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २, शुक्रबार (२ महिना अघि)
  • ४५ पटक पढिएको
आज प्रणय दिवस, विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाइँदै

फागुन २, काठमाडौँ । आज १४ फेब्रअरी प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाइँदैछ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को रुपमा विशेष रुपमा मनाउने गरेका छन् ।

तर बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रणय दिवस विश्वभरमा नै मनाउन थालिएको छ । नेपालमा पनि पछिल्ला केही वर्षदेखि विशेष गरी युवा युवती माझ प्रणय दिवस मनाउने चलन बढ्दो छ । दिवसका अवसरमा देशका पर्यटकीय ठाँउहरुमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिएको छ। भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ तिर रोमनबाट भएको मानिन्छ । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवसका रुपमा भ्यालेन्टाइन डे मनाउने चलन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस