फागुन ३, काठमाण्डौँ । मोरङको बेलबारीमा नाबालिका छोरीसहित पोखरीमा हामफालेकी महिलाको उद्धार गरिएको छ । उद्धार गरेर उपचारका लागि पठाइएपनि शिशुको भने मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीका अनुसार बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित माछा पोखरीमा हामफालेकी थिइन् ।
आमाको पनि अवस्था गम्भीर छ । आईसीयूमा राखेर उपचार भइरहेको छ । शिशुसहित आमाले पोखरीमा हामफाल्नुपर्ने कारण पत्ता लागेको छैन ।