शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा लेबनानमा २५ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन ३, शनिबार (२ महिना अघि)
  • ९० पटक पढिएको
शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा लेबनानमा २५ जना पक्राउ

फागुन ३,काठमाडौँ । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएका छन् ।

उक्त आक्रमणमा बलको निवर्तमान उप कमाण्डर सहित दुई शान्ति सेना घाइते भएका थिए । घाइते हुनेमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली नागरिक तथा निवर्तमान फोर्स कमाण्डर चोकबहादुर ढकाल पनि रहेका छन् ।

संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन् ।

‘लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ,’ आन्तरिक मन्त्री अहमद अल–हज्जरले शनिबार एक आपतकालीन सुरक्षा बैठक पछि पत्रकारहरूलाई बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस