आजदेखि मौसममा सुधार हुने, चिसो पनि कम हुँदै जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन ४, आईतबार (२ महिना अघि)
  • ६५ पटक पढिएको
आजदेखि मौसममा सुधार हुने, चिसो पनि कम हुँदै जाने

फागुन ४,काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । हिजो देशभर मौसम बदली भइ केही ठाउँमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो । आजदेखि मौसममा सुधार हुने र चिसो कम हुँदै जाने मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।

उनका अनुसार पूर्वका हिमाली भेगमा आज पनि हल्का हिमपात र अरू ठाउँमा आंशिक बदली हुनेछ । तर हिजोजस्तो बदली नहुने उनको भनाइ छ । हिजो पश्चिमी भेगका केही ठाउँमा छिटपुट वर्षा र सबैजसो हिमाली भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच आउँदो बिहीवारदेखि अर्को प्रणाली सक्रिय हुने सम्भावना रहेको जलवायु विपद विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । उहाँका अनुसार बिहीवार र शुक्रवार देशका केही ठाउँमा मध्ययम खालको वर्षाको सम्भावना समेत छ ।

यसपालीको हिउँद सुख्खा भइरहेको बेला हिउँद सकिने बेला पानी पर्ने संकेत देखिएको हो । नेपालको मौसमी पात्रोमा मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । यो वर्षको हिउँद सकिन लाग्दा औषतको नौ प्रतिशत मात्रै पानी परेको छ । धेरै ठाउँमा त पानी परेकै छैन । पानी नपर्दा वायु प्रदुषण र डढेलोको जोखिमसँगै कृषिबालीमा असर गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस