खोटाङको हलेसी बजारमा भिषण आगलागी ! दमकल नहुँदा नियन्त्रणमा सकस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन ४, आईतबार (२ महिना अघि)
  • ९१ पटक पढिएको
खोटाङको हलेसी बजारमा भिषण आगलागी ! दमकल नहुँदा नियन्त्रणमा सकस

फागुन ४,खोटाङ । खोटाङको हलेसी बजारमा भिषण आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास जारी छ । आइतबार साँझ एउटा हार्डवेयर पसलबाट निस्किएको आगो छेउमा रहेका दुईवटा टहरा र एउटा पक्की घरमा पनि पुगेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या भएको छ । ‘आगलागी नियन्त्रण भइसकेको छैन, हामी प्रयासमै छौं,’ उनले भने ।

अहिले ट्यांकर र जेसीबीको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र स्थानीय युवाहरू मिलेर आगलागी नियन्त्रणको प्रयास भइरहेको उनले बताए ।

‘हार्डवेयर पसल त पूरै सकिसक्यो, लगत्तै त्यसको साइडमा रहेको एउटा पक्कि घरमा क्षति भएको छ,’ प्रजिअ कार्कीले भने, ‘साइडका अन्य दुईवटा टहरामा पनि क्षति भएको छ ।’

अहिलेसम्म मानवीय क्षति भएको छैन । ‘दमकलहरू त छँदै छैन । त्यही भएर नियन्त्रणमा समस्या भएको हो,’ घटनाबारे जानकारी गराउँदै उनले भने, ‘हामी ट्यांकर र थापेको पानीबाट नियन्त्रण गर्ने प्रयास गर्दैछौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस