फाखेल–मातातीर्थ सडक आजदेखि चैत २१ गतेसम्म बन्द

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन ५, सोमबार (२ महिना अघि)
  • ७५ पटक पढिएको
फाखेल–मातातीर्थ सडक आजदेखि चैत २१ गतेसम्म बन्द

फागुन ५,काठमाडौँ । हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक आजदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले आज सूचना जारी गर्दै सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिएका हुन् ।

सो सडकअन्तर्गत महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माण भइरहेकाले बाटो बन्द रहने अध्यक्ष तितुङद्वारा जारी सूचनामा उल्लेख छ ।

सडक निर्माणका साथै सडक स्तरोन्नति भइरहेकाले यातायात साधनको आवतजावत बन्द गर्नुपरेको अध्यक्ष तितुङले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस