मौसम पूर्वानुमान : हिमाली भेगमा हिमपात, तराईंमा हुस्सुको प्रभाव

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन ७, बुधबार (२ महिना अघि)
  • ५१ पटक पढिएको
मौसम पूर्वानुमान : हिमाली भेगमा हिमपात, तराईंमा हुस्सुको प्रभाव

फागुन ७, काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको बताएको छ। साथै तराईका केही भागमा हुस्सु लागेको छ ।

महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ भने उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, राति सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ भने उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस