फागुन ७, वीरगंज । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा सरकारी तथा सामाजिक संस्थाहरूको अगुवाइमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नेपाल १३ नं। गण वीरगंज, ट्राफिक प्रहरी कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शन लगायत विभिन्न संस्थाहरूको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वीरगंजको घण्टाघरबाट सुरु भएको सरसफाई अभियान लिंक रोड हुँदै नयाँ बसपार्कसम्म पुगेको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्की, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान सहित नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, सुरक्षा निकायका पदाधिकारीहरू, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा एन।के। इन्टरनेशनल प्रा।लि। लगायतका संघ(संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित यस वृहत सरसफाई अभियानले वीरगंज महानगरपालिकाको स्वच्छता तथा पर्यावरणीय सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । वीरगंज महानगरपालिकाले यस्ता अभियानहरूले नगरको सौन्दर्य वृद्धि गर्न थप मद्दत पुग्ने बताएको छ ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।