प्रकृतिका आमाबाबुसँग प्रकृतिलाई न्याय दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १३, मंगलबार (१ महिना अघि)
  • ३६ पटक पढिएको
प्रकृतिका आमाबाबुसँग प्रकृतिलाई न्याय दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता

फागुन १३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति लम्सालका आमाबाबुसँग कुराकानी गरेका छन् । एमाले नेता महेश बस्नेतले भैरहवास्थित घरमा पुगेर उनका बुबाआमा र परिवारसँग भेटी समवेदना व्यक्त गर्दै उनले प्रकृतिका बुबाआमाको प्रधानमन्त्री ओलीसँग गराएका हुन् ।

सो कुराकानीमा प्रधानमन्त्रीले घटनाको समग्र विषयमा थप जानकारी लिँदै न्यायका लागि पहल गर्ने र अपराधमा संलग्नलाई कारबाही गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले यो घटनामा निष्पक्ष छानबिन गरी न्याय सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस