फागुन १४, काठमाडौँ । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायुको पनि प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु लागेको छ ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगातय देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।