ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, पुरुष घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन १५, बिहिबार (१ महिना अघि)
  • ४० पटक पढिएको
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, पुरुष घाइते

फागुन १५, काठमाण्डौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा आज बिहीबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने पुरुष घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बा०१००६ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१८ की ३० वर्षीया निर्मला बोहराको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी बोहराको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । पूर्वपश्चिम महेन्द्र राजमार्गमा बा०१००६ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक भीमदत्त नगरपालिका १८ का ३० वर्षीय महिमान विष्ट घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस