आजदेखि थप आन्दोलन गर्दै एलपी ग्यास उद्योग संघ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन १८, आईतबार (१ महिना अघि)
  • ३९ पटक पढिएको
आजदेखि थप आन्दोलन गर्दै एलपी ग्यास उद्योग संघ

फागुन १८, काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरू गर्न लागेको जनाएको छ ।

यसअघि माघ ३० गतेका उद्योग मन्त्रीको उपस्थितिमा नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारीहरू, निगमका पदाधिकारीहरू र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूबीच छलफल भएको थियो । छलफलले माग सम्बोधनका लागि मन्त्रीबाट गृहकार्य गर्न थप १५ दिनको समय माग भएपछि फागुन १५ गते बुधबारसम्मको लागि विरोधका कार्यक्रमहरू स्थगित गरिएको थियो । तर, हालसम्म केही निष्कर्ष नआएको हुँदा विरोधका कार्यक्रमहरू पुनः सञ्चालन गर्नुपरेको एलपी ग्यास उद्योग संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस